गौशालामा कागज उद्योग स्थापना हुँदै 

समाचार

महोत्तरी, ११ साउन । गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब पचास करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि शिलान्याश भएको छ ।

आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालिको शिलान्याश गरेका छन् ।

अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी रहेको छ । उनीहरूले सोमबार संयुक्तरुपमा उद्योग स्थापनाको शिलान्याश गरेका हुन् ।

आइएमई समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ ।

उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने जनाइएको छ ।

उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने जानकारी पनि सो अवसरमा दिइयो । उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ