जनकपुरमा राजेन्द्र महतोको भव्य स्वागत, ‘जनताले मूल्यांकन गर्नेछ’

समाचार

जनकपुरधाम, १४ साउन । पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई जनकपुरधाममा भव्य स्वागत भएको छ ।

बिहीबार आफ्नो निर्वाचन क्षेत्र पुगेका महतोलाई भव्य स्वागत भएको हो । उनले निर्वाचन आयोगले जसपा फुटाइदिएको आरोप लगाएका छन् । उनले आफूहरु कुनै नयाँ पार्टी दर्ता नगर्ने बताउँदै पहिलाकै पूर्वराजपा ब्युताउने संकेत गरेका हुन् ।

उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम आफूहरुले १८ दिनमा गरेको जिकिर गरेका छन् ।

आफूहरु ओली सरकारमा उधारोमा नभई नगदमा अथवा आफ्ना केही मागहरु पूरा गराएर गएको दाबी गरेका छन् ।

महतोले १८ दिनभित्रै नागरिकता अध्यादेश ल्याएको, १४० जना उपर रहेको मुद्दा फिर्ता गराएको, संविधान संशोधनका लागि कार्यदल बनाएको बताउँदै नागरिकता अध्यादेश ल्याए पनि अदालत बेइमान भएपछि कार्यान्वयन नभएको बताए ।

उपेन्द्र यादव १८ महिना सरकारमा रहँदा यी कामहरु गर्न नसकेको टिप्पणी गर्दै भने, ‘उपेन्द्रजीले चार पटक प्रयास गरे पनि गर्न नसकेको काम हामीले एकै पटकमा गरेका छौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ