धनुषा, १५ साउन । लक्ष्मिनिया गाउँपालिका–४ सपहीस्थित सडकमा प्रदेश २–०२–००१ झ ००३५ नम्बरको स्कारपियो पिकअप अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कारपियो चालक महोत्तरी सितापुर भंगहा नगरपालिका–९ बस्ने ४५ वर्षीय दिपक यादव मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका मठियानी नगरपालिका–२ बस्ने ४५ वर्षीय त्रिलोक रायको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका अन ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
तपाईको प्रतिक्रिया