सप्तरीमा पूर्वराजपा नेता तथा कार्यकर्ता भेला सम्पन्न

समाचार

राजविराज, १७ साउन । सप्तरीमा पूर्वराजपा नेपालका नेता तथा कार्यकर्ताहरूको भेलाले संगठनलाई व्यवस्थापन गर्न एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

शनिबार जिल्ला समन्वय समिति राजविराजको सभाहलमा आयोजित सयौं नेता तथा कार्यकर्ता भेलाबाट संगठन व्यवस्थापन निम्ति एकजुट हुनुपर्नेमा जोड नेता तथा कार्यकर्ताहरूले सो कुरा बताएका हुन् ।

सो भेलामा पूर्व राजपा केन्द्रीय सदस्य दिपेन्द्र चौधरीले तत्कालीन राजपा नेपालले समाजवादी फोरमसँग एकता गरेर जसपा बनाउनु ठुलो गल्ति भएकोले मधेश मुक्ति आन्दोलनलाई महन्थ ठाकुर र राजेन्द्र महतो समूहले  मात्र मधेशको अधिकार दिलाउन सक्ने जिकिर गरे ।

यसैगरी, बैठकमा अर्का केन्द्रीय सदस्य दिनेश यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवले एकात्मक सोच र व्यक्तिगत राजनीति स्वार्थका कारण पार्टी फुटको संघारमा गएको टिपणी गरे ।

यसैगरी पुर्व राजपा केन्द्रीय सदस्य तथा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले महन्थ ठाकुर जस्तो त्यागी नेतालाई बदनामी गर्ने केही नेतृत्व गर्नेहरूले जसपा पार्टी कब्जा गर्न खोजेको आरोप लगाएकी छिन् ।

उनले भने अहिले पनि जिल्ला का नेता तथा कार्यकर्ताहरू एकरति पनि बिचलित नभएको र मधेशको मुद्वा प्रति एकजुट भएकोले मधेशको अधिकार को लागि अगुवाई गर्नेसँग रहेकोइन् ।

सो भेला ले पुर्व राजपा नेपाल का नेतृत्व वर्गलाई जिल्ला देखि गाउस्तरदेखि नगरपालिकासम्म संगठन बिस्तार गर्न अभिलम्ब विस्तारित बैठक तोक्न आग्रह गर्ने बैठकले निर्णय गरेको युवा नेता शंभु यादबले बताए ।

यसैगरी बैठकमा तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिश सिँह, केन्द्रीय सदस्य राजेन्द्र प्रसाद यादब, हरेकृषण प्रसाद सिँह, रामप्रित यादब, सुनिल झा, अमरनाथ मण्डल, बिशेश्वर रजक, जागेश्वर राय, बिनोद यादब, कुमरनाथ मिश्र, बिजय यादब, जयनारायण यादब, पुनम यादब लगायत नेता तथा कार्यकर्ताले बोलेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ