महोत्तरी, १८ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका अन्तर्गत रहेका सुनौलो हजार दिनका आमाहरुलाई आज देखि विभिन्न चौकी मार्फत पौष्टिक आहार हलुवा वितरण कार्यक्रम शुरु भएको छ ।
मटिहानी नगरपालिकाद्वारा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत आमाहरुलाई पोषित रहन सुनौलो हजार दिनका आमाहरुलाई उच्त्तम तयारी पौष्टिक आहार हलुवा प्रत्येक वडाका ४० जनालाई गरी नौं वटा वडाका ३ सय ६० जनालाई वितरण गरिने कुरा स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख पवन मण्डलले बताए ।
यसैबीच सुनौलो हजार दिनका आमाहरुलाई दिइने हलुवा कार्त्रक्रमको आज मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले स्वास्थ्य चौकी मटिहानीमा वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा उनले हलुवाले गर्भवती र सुत्केरी महिलाहरुलाई पोषित हुन सहयोग पुग्ने बताए । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष रामबाबु नायक सहितकाहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया