सिरहा, १८ साउन । धनगढीमाई नगरपालिका–११ छपराडी चौकस्थित सडकमा अन टेष्ट लेखिएको मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
पैदलयात्री लक्ष्मीपुरपतारी गाउँपालिका–२ बस्ने गुगली मंण्डलको छोरा ७ वर्षीय रितिक मंण्डलको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि श्रमजिवी अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया