सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु   

समाचार

महोत्तरी, १९ साउन । गणेशमान चारनाथ नगरपालिका–४ बस्ने २३ वर्षीय धिर बस्नेतको मोटरसाइकल दुर्घटनामा परी मंगलबार बिहान मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका–४ बिश्वाकार्मा चोकमा उनी सवार बा.९२ प ३२०६ नम्बरको मोटरसाइकललाई बा.१८ च ३६८५ नम्बरको सुमोले ठक्कर दिँदा मोटरसाइकलमा पुनः प्रदेश १–०४–००१ च ०२७९ नम्बरको बलेरोमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ–स्वास्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त सुमो र बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ