काठमाडौं, २० साउन । जनतान्त्रिक तराई मुक्ति मोर्चाको युवा संगठन जनतान्त्रिक युवा संघ नवलपरासीको अध्यक्षमा राजकुमार पन्त मनोनित भएका छन् ।
विगत लामो समयदेखि राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियानमा विभिन्न रुपले सक्रिय रहि जारी राष्ट्रवादी आन्दोलनलाई सक्रिय रुपमा साथ, सहयोग पुर्याउँदै निर्णाक भूमिका खेलिरहनु भएका जिल्ला नवलपरासी गा.वि.स. मकर–४ हाल वर्दघाट न.पा.–४ बस्ने भुमिनन्द पन्तका सुपुत्र युवा समाजसेवी एवं क्रान्तिकारी तथा राष्ट्रवादी बिचारधाराका देशभक्त ब्याक्तित्व हुन् ।
वैदेशिक शक्तिकेन्द्रहरुको सैन्य एवं सामरिक प्रयोगशाला बनाउने अमेरिकी साम्राज्यवादी, विस्तारवादी एवं प्रभुसत्तावादी दुरगामी षडयन्त्र तहत नेपालमा लागु गर्न लागिएको एमसीसी सम्झौता, गणतन्त्र, धर्म–निरपेक्षता र विकेन्द्रीकृत भ्रष्टाचारको विरुद्ध राष्ट्रब्यापी बिरोध प्रदर्शन गर्न मातहतका सम्पूर्ण शुभेच्छुक, समर्थक, वर्गीय, पेशागत एवं मुल कमिटीहरुलाई आफ्नो जिल्लाको बिरोधका कार्यक्रमहरुको तालिका बनाई केन्द्रमा अविलम्ब सिफारिस गर्न निर्देशन दिएको छ ।
यसैगरी, सिरहा जिल्लाको लहान स्थित मोर्चाका केन्द्रिय सदस्य बुलन यादवको अध्यक्षता एवं कृष्णदेव साह, श्रीमती बिणा मण्डल, दयाशंकर राउत (सानू जी), चन्द्रशेखर साह (डब्लु जी) लगायतका मोर्चाका अगुवा नेताहरुको बैठक बाट पारित भई अनुमोदनका लागि केन्द्रिय सचिवालयमा पठाईएको आन्दोलन सम्बन्धि विविध कार्यक्रमहरुलाई अनुमोदन गरिएको एवं आउँदो शनिबार साउन २३ गते सिरहाको लहानमा एवं सिरहा जिल्लाका स्थानीय तहहरुमा विभिन्न मितिमा हुने जन–प्रदर्शन एवं आन्दोलनका कार्यक्रमहरु तय गरेको छ ।
तपाईको प्रतिक्रिया