पर्सा, २० साउन । वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध ३० पिस फेनारगन, ३० पिस डाइजेल्याव र ३० पिस नुफिन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–४ सितापाईला भिमढुङ्गा बस्ने ३२ वर्षीय बिमल श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ थाना भर्यामङ सिमलटार बस्ने २१ वर्षीय डेनिएल तामाङ रहेका छन् ।
ना.४१ प ६८४४ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी स्कुटर चालक श्रेष्ठ र स्कुटरमा सवार तामाङलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया