मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु 

समाचार

सुनसरी, २० साउन । धरान उपमहानगरपालिका–८ तिनकुने जंगलस्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा परी प्रदेश –१ –०२–०४०प६४०५ नम्बरको मोटरसाइकलमा सवार ईटहरी उपमहानगरपालिका–१७ पकली बस्ने ४० वर्षीया मिरा देवी साहको बुधबार बिहान मृत्यु भएको छ ।

 धरानबाट ईटहरीतर्फ जाँदै गरेको को.१ त ९१४३ नम्बरको ट्याक्टरलाई को.१ ख ५४३० नम्बरको बसले ठक्कर दिएको  र बिपरित दिशाबाट आउँदै गरेको उक्त मोटरसाइकल बसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उनकै छोरा २५ वर्षीय बिमल साहको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यल अनुसन्धान गरिरहेको छ ।

ना.४१ प ६८४४ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी स्कुटर चालक श्रेष्ठ र स्कुटरमा सवार तामाङलाई पक्राउ गरेको  हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ