सर्लाही, २१ साउन । सर्लाहीको पश्चिम मध्यक्षेत्रमा पर्ने बरहथवा नगरपालिका र रौतहटको गढीमाई नगरपालिका जोड्ने बागमती नदीमा पक्की पुल बनेको छ ।
संघीय सरकारको २९ करोड रुपैयाँ लागतमा साढे ७०० मिटर लामो पक्की पुल बनेर तयार भएको छ । पुल बनेपछि दुवै जिल्लाका वासिन्दालाई खोला वारपार गर्न सहज भएको छ ।
बरहथवा–१५ पिप्राभित्ता र गढीमाई–१ समनपुर जोड्ने गरी निर्माण गरिएको पक्की पुलबाट नदीको आसपासमा खेती गर्न वारपार गर्नुपर्ने किसानसँगै साइकल, मोटरसाइकल र सर्वसाधारण ओहोरदोहोर गरिरहेका छन् ।
ठूलो क्षेत्रफलमा फिँजिएर नदी बगेको स्थानमा पक्की पुल बनेपछि दुवै जिल्लाका किसानलाई खोला वारपार गरी खेतबारीमा काम गर्न जान सहज भएको हो ।
दुई वर्षअघिनै निर्माण सम्पन्न हुनुपर्नेमा २०७६ सालमा आएको बाढीले पुलको ४० मिटर भाग बगाएको र कोभिडलगायत कारणले निर्माण सम्पन्न हुन ढिलो भएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया