बाँके, २२ साउन । नरैनापुर गाउँपालिका–६ दोन्द्रागाँउबाट १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रा सहित सोही ठाउँ बस्ने ५० वर्षीय छोटेलाल राढलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार साँझ हातहतियारको बिक्री भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको प्रहरीले उनको साथबाट उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया