कैलालीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

कैलाली, २२ साउन । धनगढी उपमहानगरपालिका–३ मायामेट्रो अस्पतालबाट ४ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका–४ बस्ने २३ वर्षीय रमेश विक र सोही ठाउँ बस्ने २३ वर्षीया चन्द्रा विक रहेका छन् ।

मोटरसाइकल दुर्घटनामा घाइते भई उक्त अस्पतालमा उपचाररत भएका २४ वर्षीय किसोर जोशीलाई उनीहरुले ब्राउनसुगर दिई रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुको साथबाट उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ