पर्सा, २२ साउन । पटेर्वासुगौली गाउँपालिका–१ बैरिया बस्ने सुकदेव साह तेलीको घरमा लामखुट्टे धपाउन बालेको घुरबाट शुक्रबार बिहान आगलागी हुँदा अन्नपात्त, लत्ताकपडा, चौपाया, २ वटा साईकल र घर समेत जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै आगो निभाउने क्रममा जलेर घाइते भएका ५० वर्षीय सुकदेव साह तेली र उनकै श्रीमती ४५ वर्षीया प्रमिला देवी साहको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया