रुपन्देही, २२ साउन । जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ बाईपास ईलाकाबाट सशस्त्र प्रहरीले करिब २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।
तपाईको प्रतिक्रिया