कपिलवस्तु, २३ साउन । बुद्धभूमि नगरपालिका वडा नम्बर ९ गब्दहवास्थित बुद्ध यशोधरा सामुदायिक वन उपभोक्ता समूहमा १ करोड बढी आर्थिक अनियमितता भएको अरोप स्थानीयले लगाएका छन् ।
समितिका उपाध्यक्ष, सचिव लगायत सदस्यहरुलाई घर–घर गएर बैठकको हस्ताक्षर गराउने र सबै पैसा निकासा गर्ने तथ्य बाहिर आएको छ ।
सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा ३ बर्षको अवधिमा बिभिन्न शीषर्क गरी १ करोड बढी अनियमिता गरिएको वनका उपभोक्ताहरुले अरोप लगाएका हुन् ।
सामुदायिक वनको लेखा परिक्षण प्रतिवेदनमा देखाइएको खर्च अनुसार एक करोड बढी अनियमिता भएको स्थानीय उपभोक्ता राम किशोर थारुले बताए ।
सामुदायिक वनका अध्यक्ष गिरिधारी थारु, कोषाध्यक्ष शसि अधिकारी मिलेर आर्थिक अनियमिता गरेका उनले बताए ।
वनकी उपाध्यक्ष इन्द्रावती थारुले समुदायका उपभोक्ताको कुरा सुन्दा वनमा अनियमिता भएको स्वीकार गर्दै आफुले एक रुपैया पनि नलिएको सबै रकम अध्यक्ष र कोषाध्यक्षले खर्च गरेको बताइन् ।
मलाई बैठकको रजिष्टर घरमा ल्याएर सही गर भन्छन मैलै सही गर्दै आएको छु अरु रकमको बारेमा थाहा छैन कुनै कामको सर सल्लाह समेत मलाई दिन्नन । त्यस्तै नामको मात्र सचिव बताउने शुसिला विष्टले सचिव भएपनि मैले सही गर्न आउने र पढ्न लेख्न नआएपनि महिला भएको कारण सचिवमा बस भनेर बसेको हो ।हाल सम्म मलाई सचिव भत्ताm भनेर ६ हजार दिएका छन् ।
अरु सबै कोषाध्यक्ष शसि अधिकारले गर्छन अन्य जानकारी मलाई केही छैन विष्टले बताइन् । स्थानीयका राजेन्द्र बहादुर थारुका अनुसार आर्थिक वर्ष २०७४।७५, २०७५।७६ र ०७६।७७ मा सामुदायिक वनले गरेको लेखापरिक्षण प्रतिवेदन अनुसार केही शीर्षकमा कामै नगरी खर्च देखाइएको उनले बताए ।
स्थानिय उपभोक्ताहरुले आम भेलामार्फत आय व्यय आम भेलामा सार्वजनिक गर्न माग गरेका छन । बुद्ध यशोधरा सामुदायिक वन समितीले विभिन्न शिर्षकमा फर्जि बिल बनाई अनिमितता गरेको भन्दै उपभोक्ताहरु विरोधमा उत्रिएका छन । सो वन क्षेत्रमा पर्ने गब्दहवाको १७ सय मिटर बाटो गब्दाहवा खोला ठेकेदार राजु खड्काले १५ लाख खर्च गरेर बनाएको बताए । तर सामुदायिक वनले सोही बाटो निर्माणमा २४ लाख ८२ हजार ३ सय १० बढी खर्च गरेर देखाएका छन ।
अर्का उपभोक्ता दिपक बेल्बासेले खर्च र्नै नभएको कुराहरुलाई मिलेमतोमा लेखा परिक्षण प्रतिवेदनमा देखाइएको बताए । ‘ खर्चको हिसाब किताब देखाउन भन्दासमितले आलटाल गदै आएका छन ’ उनले भने । वनमा स्थानीय पहरा थारु र जय मंगल थारुलाई मासिक ६ हजार तलब दिने गरी राखिएको छ तर समितिले दुबैलाई मासिक १२ हजार तलब दिने गरको देखाइएको छ । जय मंगल थारुले आफुले मासिक ६ हजारका दरले मात्र पाउने गरेको बताए ।
यस्तै वनमा परदेशनी थारुलाई कार्यालय सहयोगीका रुपमा मासिक १२ हजार तलब दिने गरी राखिएको छ । तर उनले हालसम्म केही रकम नलिएको बाइन आफ्नो नाममा चेक काटेर नागरिकताको फोटो कपि लिएर कोषाध्यक्षले लिएर गएको बताएन् ।
माटो पटान, फायर लाईन निर्माण, सालको बिउ रोपाई झाडी सफाई, प्लट सफाई, बाटो ग्रेभल, कटान मुछान खर्च लगायतका शीर्षकमा ब्यापक अनियमता भएको उपभोक्ताहरु बताउछन । अनियमिताका बिषयमा स्थानीय उपभोक्ताहरु बिरोधमा उत्रेका छन । खर्चकोे हिसाब दिन आनाकानी गरीरहेको स्थानीय दीपक बेल्बासेले बताए ।
‘ हामीलाई समितिका पदाधिकारीले मिल्न मात्र भन्छन, हिसाब किताब देखाउदैनन ’ उनले भने । सामुदायिक वनमा एक करोड बढी अनियमिता भएको भन्दै ५० बढी उपभोक्ताहरुले सही गरी अख्तियारमा उजुरी समेत हालेका छन । उता सामुदायिक वनका अध्यक्ष गिरीधारी थारुले आफनो सामुदायिक बनमा अनियमतिा नभएको दाबी गर्छन ।
उनले खर्चको हिसाब भेलामा देखाउने बताए । विस्तृत जानकारी पत्रकारले माग्दा आफु बाहिर रहेको भनेरफोनमा कुरा गर्न चाहदैनन् । मुख्य रकम संचालक तथा समित पदाधीकारी र स्थानीयले आरोप लगाएका कोषाध्यक्ष शसी अधिकारीलाई पटक पटक सम्पर्क गर्दा फोन उठाएका छैनन् ।
उनको घर जादा परिवारले उहां इमिलिाया जानुभएको छ भनेर संचारकर्मी फर्कीएको र केही घण्टामै उनी मोटरसाइकलमा घरवाट इमिलिया जादै गरेको पाइयो ।
महिना दिन द्खि उपभोक्ताहरुले हिसाब माग गरे पनि उनले भेला भने बोलाउन सकेका छैन । वनमा एकलौटी कोषाध्यक्ष शशी अधिकारकिो हालीमुहाली चल्ने गरेको उपभोक्ताहरु बताउछन । गौतम बुद्ध सामुदायिक वन डिभिजन कार्यालयका निमित्त प्रमुख शिव शंकर प्रसादले बुद्ध यशोधरा सामुदायिक वनको आथिृक अनियमितताका बिषयमा कार्यालय कुनै उजुरी नपरेको बताए। उनले उजुरी परे छानबिन गरिने उनले बताए ।
अनियमिता भएका शीषर्कहरु
आर्थिक वर्ष २०७४।०७५ मा वन हेरालुको तलब खर्च ८ लाख ६४ हजार, कार्यालय सहयोगी खर्च १ लाख ४४ हजार, सालको विउ रोपाई खर्च १ लाख ५१ हजार ५ सय, काठ दाउरा संकलन खर्च २३ लाख ४८ हजार २ सय २५, काठ दाउरा संकलन भुक्तानी दिनुपर्ने रकम खर्च १२ लाख १९ हजार ९ सय ८०, फायरलाईन सफाई ४ प्लट खर्च ६ लाख ३५ हजार, प्लट सफाई खर्च ७ लाख २९ हजार, बाटो ग्राबेल खर्च ८ लाख ९६ हजार, माटो पटान खर्च १ लाख ९१ हजार ७ सय लगाएतका शिर्षकहरुमा भएको खर्च बढी देखाई रकम अनियमितता गरेको स्थानिय उपभोक्ताहरुले बताएका छन ।
आर्थिक वर्ष २०७५।०७६ मा बाटो निर्माणका लागि २४ लाख ८२ हजार ३ सय १०, वन हेरालुको तलब खर्च ८ लाख ६४ हजार, कार्यालय सहयोगी खर्च १ लाख ४४ हजार, अवलोकन भ्रमण खर्च २ लाख ५० हजार, काठ दाउरा संलकन (०७४।७५) खर्च ८ लाख ७० हजार ५ सय ५२, काठ दाउरा संलकन (०७५।७६) खर्च २३ लाख ९९ हजार १ सय ७५, प्लट सफाई खर्च ८ लाख ६४ हजार, अग्नी रेखा खर्च ७ लाख १४ हजार रकम बढि देखाई अडिट गरीएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७६।७७ मा काठ दाउरा संकलन खर्च २३ लाख ४८ हजार २ सय २५, काठ दाउरा संकलन भुक्तानी दिनुपर्ने खर्च २३ लाख ९९ हजार १ सय ७५, बाटो निर्माणको भुक्तानी दिनुपर्ने खर्च २१ लाख ७६ हजार ५ सय ८, अद्दकज्ञ कटान मुछान खर्च ५ लाख ६७ हजार, अज्ञकज्ञ कटान मुछान खर्च २० लाख ७० हजार ७ सय ६५, प्लट सफाई खर्च २ लाख ४० हजार ९ सय ७५, तारबार लेबर खर्च ९९ हजार ७ सय ५०, वन हेरालुको तलब खर्च ४ लाख ३२ हजार, तार खरिद खर्च ३ लाख ४५ हजार ५ सय ३९, झाँडी सफाई खर्च २ लाख ३९ हजार ४ सय लगाएतका विभिन्न शिर्षकहरुमा अनियमितता गरेको आरोप छ । बनका कर्मचारी लगायतलाई दिदा अनियमितता देखिएको बनका पदाधिकारी बताउछन ।
तपाईको प्रतिक्रिया