जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ 

समाचार

पाल्पा, २४ साउन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेबी छहरा गाउँपालिका–८ बस्ने २३ वर्षीय मिन बहादुर सारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई सारुले साउन १९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ