सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

समाचार

सुनसरी, २४ साउन । सवारी ज्यान मुद्दाका फरार अभियुक्त मोरङ विराटनगर महानगरपालिका–१० मधुमारा टोल बस्ने सरोज कुमार साहलाई  शनिबार प्रहरी पक्राउ गरेको छ ।

गत असार ११ गते बेलुका सुनसरी इटहरी उमहानगरपालिका–१२ स्थित शारदा विद्यालय अगाडिको कोशी राजमार्गमा  वा.१० च ५५७३ न्बरको गाडीको ठक्करबाट पैदलयात्री इटहरी उमहानगरपालिका–११ बस्ने ६३ वर्षीया गंगा देवी ढकालको मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न रही फरार रहेका गाडी चालक साहलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूहको सहयोगमा मोरङ विराटनगर महानगरपालिका–१ बाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ