सप्तरी, २४ साउन । शम्भुनाथ नगरपालिका–६ कठौनामा ना.४ ख २४४१ नम्बरको ट्याङकरको ठक्करबाट बारा आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको शनिबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको युनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी चतराबाट दर्शन गरी फर्कदै गरेको ना.४ ख २८०० नम्बरको बसबाट झरेर खाजा खानका लागि जाने क्रममा उक्त ट्याङकरले उनलाई ठक्कर दिएको थियो ।
ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया