उदयपुर, २४ साउन । उदयपुरगढी गाउँपालिका–७ अधेरीमा प्र २–०१–००१ ह ०५६० नंम्बरको अटोमा सवार कटारी नगरपालिका–४ बस्ने ३८ वर्षीया निशा दनुवारको उक्त अटोमा बसिरहेको अवस्थामा अटोमाथि रुख लड्दा थिचिएर घटनास्थलमै मृत्यु भएको छ ।
रुखले थिचेर अटो चालक र अटो नजिकै रहेका अन्य २ जना समेत गरी ३ जना घाइते भएकोले उपचारको लागि कटारी अस्पताल कटारीतर्फ पठाइएको छ ।
अटो पूर्णरुपमा क्षति भएको छ भने नजिकै रहेको रहेको स.१० प ३२७२ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ ।
तपाईको प्रतिक्रिया