‘शिरमा देश, मनमा मधेश’ नारासहित प्रदेश प्रमुख डा.अहिराज सप्तरीमा

समाचार

सप्तरी, २४ साउन । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराज अहिले प्रदेश २ को आठवटै जिल्लामा ‘शिरमा देश, मनमा मधेश’ नारासहित भ्रमणमा निस्केका छन् । यो नाराका साथ उनी आइतबार सप्तरी आइपुगेका हुन् ।

प्रदेश प्रमुख डा.अहिराजले सप्तरी पुगेर स्थलगत भ्रमणसमेत गरेका छन् । उनले अहिलेसम्म प्रदेश २ का ६ वटा जिल्ला भ्रमण गरिसकेका छन् ।

उनी यो अभियानअन्तर्गत सीमाको रक्षा, नागरिकता, नागरिकको रक्षा लगायत सम्झौताको विषय नरहेको भन्दै नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा सुरक्षा निकायका पदाधिकारीहरुसँग अन्तरक्रिया गर्दै आएका छन् ।

‘शिरमा देश मनमा मधेश’ भन्ने नारासहित सप्तरीको जिल्ला प्रमुख अधिकारी जयनारायण आचार्यसहित सञ्चारकर्मी र सरोकारवालासँग प्रदेश प्रमुख अहिराजले जिल्लाको समग्र वस्तुस्थितिको जानकारी लिएका छन् ।

कोरोनाको कहरबारे नागरिकको जीवन, स्वास्थ्य, शिक्षा, सीमाको सुरक्षा, राष्ट्रियता र रास्ट्रिय एकता बलियो बनाउन र नागरिकलाई राज्यसँग जोड्न विशेष पहल गर्ने उद्देश्यसहित उनले जिल्ला जिल्लामा पुगेर अवलोकन गरिरहेका छन् ।

साथै उनले पत्रकार, सुरक्षाकर्मी र सरोकारवालालाई नेपालको झण्डा अंकित लोगो पनि लगाउँदै आएका छन् ।

प्रदेश प्रमुख डा.अहिराजले अहिलेसम्म बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र सप्तरी जिल्लाको भ्रमण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ