सर्लाही, २५ साउन । जनता समाजवादी पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रले सर्लाही जिल्लाको रामनगर गाउँपालिकामा “निःशुल्क परामर्श तथा सहयोग केन्द्र” गरेका छन् ।
विद्यार्थी नेता मिश्रले सोमबारदेखि रामनगर गाउँपालिकाभित्रका जनसमुदायलाई सरकारी कामकाजका लागि निःशुल्क परामर्श तथा सहयोग उपलब्ध गराउने भएका छन् ।
उनले भने, ‘रामनगर गापा भित्रका जनसमुदायलाई सरकारी कागजातहरू जस्तैः नागरिकता, मतदाता परिचयपत्र, विवाह दर्ता, मृत्युदर्ता आदी तयार पार्न सहजीकरण स्वरूप “निःशुल्क परामर्श तथा सहयोग केन्द्र” को स्थापना गरेको छु ।’
साथै उनले सम्पूर्ण जनसमुदायलाई आवश्यक सहयोग लिन आग्रह पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया