मोरङ, २५ साउन । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
केराबारी गाउँपालिका–१ पाटिगाउँ बस्ने २७ वर्षीय सूर्य कुमार राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राईले गत बिहीबार ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया