सुन र चाँदीका गहनासहित १ जना पक्राउ 

समाचार

पर्सा, २५ साउन । जगरनाथपुर गाउँपालिका–२ स्थित सडकबाट १४ ग्राम ४ सय मिलिग्राम सुन जस्तो देखिने धातुबाट बनेको तयारी गहना र १ किलो ९ सय ७० ग्राम चाँदीको जस्तो देखिने धातुबाट बनेको तयारी गहनासहित एक जना पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार सोनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 भारतबाट अवैध रुपमा सुन तथा चाँदीका गहनाहरु ल्याउँदै गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले शंकास्पद रूपमा पैदल हिँडिरहेका उनलाई जाँच गर्दा झोलाभित्र लुकाई ल्याएको सुन र चाँदीको जस्तो देखिने उक्त धातु सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ