मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

कैलाली, २५ साउन । बर्दगोरिया गाउँपालिका–१ टिनबजारस्थित सडकमा से.७ प ८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका–१ उत्तरमुडा बस्ने ७२ जगत बहादुर साउदको मृत्यु भएको छ ।

आइतबार साँझ ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दगोरिया अस्पताल प्रालि बौनिया कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै घाइते भएका  मोटरसाइकलमा सवार मोहन्याल गाउँपालिका–३ सल्लेरी बस्ने १६ वर्षीय दुर्गा बोगटीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको छ ।

फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ