गाडी अनियन्त्रित भइ दुर्घटना हुँदा एक महिलाको मृत्यु

समाचार

रौतहट, २५ साउन । चन्द्रपुर नगरपालिका–१ नुनथर नहरमा ना.५ च ३१६६ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल पानीमा खसेर सोमबार बिहान दुर्गटना हुँदा गाडीमा सवार गढिमाई बस्ने ४५ वर्षीया मिना देवी कोईरीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका गाडीमा सवार ९ जनामध्ये ८ जनालाई मोडल अस्पताल सर्लाही र १ जनालाई जिल्ला अस्पताल चपुर पठाइएको छ ।

घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय चपुरर प्रहरी चौकी पौराईबाट खटिएको प्रहरीले दुर्घटनामा परेका ८ जनालाई सकुशल उद्धार गर्नुका साथै बेपत्ता भएकी सोही ठाउँ बोधीवन बस्ने ६५ वर्षीया सुनरी देवी मुखियाको खोजी गरिरहेको छ ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ