प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

समाचार

कपिलवस्तु, २५ साउन । बिजयनगर गाउँपालिका–१ गौरिघाटस्थित सडकमा ड्युटी खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–५ बस्ने २२ वर्षीय कृष्ण बहादुर न्यौपाने र सोही गाउँपालिका–४ बस्ने २८ वर्षीय प्रेम बहादुर सुनार रहेका छन् ।

लु.१७ प ३५०५ र लु. २२ प ८६७८ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा करिब ६१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको कुखुरा ल्याउँदै गरेका उनीहरूलाई अस्थाई प्रहरी पोष्ट खडैचाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ