घरभित्रको पानी ट्यांकीमा डुबेर बालिकाको मृत्यु

समाचार

बाँके, २५ साउन । कोहलपुर नगरपालिका–११ कृषिचोक बस्ने बढैयाताल गाउँपालिका–१ शान्तिपुर घर भएका ओम प्रकाश शर्माकी २९ महिनाकी छोरीको डुबेर मृत्यु भएको छ ।

रिना शर्माको सोही ठाउँस्थित बसन्ती अधिकारीको घरभित्रको पानी ट्याङ्कीमा डुबेर सोमबार मृत्यु भएको छ ।

उक्त ट्याङ्कीमा खसेर डुब्दा अशक्त भएकी उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ