महोत्तरी, २५ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालय सिमरदहीमा साइकल वितरण गरिएको छ ।
बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम अन्तर्गत प्रदेश नं. २ सरकारद्वारा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो मा.वि.मा अध्ययनरत ४३ जना छात्राहरुलाई साइकल वितरण गरिएको कुरा विद्यालयका प्र.अ. राज किशोर चौधरीले बताए ।
यसैबीच मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले सोमबार विद्यालयमा आयोजित एक समारोहबीच छात्राहरुलाई साइकल वितरण गरेका हुन् ।
सो अवसरमा उनले साइकल वितरणले छात्राहरुमा शिक्षाप्रति उत्साह जागिने कुरा बताए ।
कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष आविद हुसैन, मटिहानी नगरपालिकाका शिक्षा संयोजक चन्देश्वर साह, विद्यालयका प्र.अ. राज किशोर चौधरीसहित अभिभावक, राजनीतिककर्मी र विद्यालयका शिक्षकहरु सहभागी रहेका थिए ।
तपाईको प्रतिक्रिया