महिलालाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ 

समाचार

मोरङ, २६ साउन । ३८ वर्षीया महिलालाई धाकधम्की, गाली गलौज गरी दुर्व्यवहार गरेको अभियोगमा धनपालथान गाउँपालिका–३ बेतौना बस्ने २४ वर्षीय जगत नारायण मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डलले ती महिलालाई दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ