बाँके, २६ साउन । कोहलपुर नगरपालिका–५ पृथ्वीनगरस्थित लोकराज शर्माको घरमा पलम्बर काम गर्ने क्रममा कैलाली घोडाघोडी नगरपालिका–४ बस्ने २६ वर्षीय दिपेन्द्र चौधरीको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।
करेन्ट लागेर ढलिरहेको अवस्थामा फेला पारी उपचारको लागि मेडिकल कलेज कोहलपुर ल्याएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया