चिनियाँ राजदूत यान्छीले भेटिन् जसपा अध्यक्ष यादव

समाचार

काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छी मंगलबार बिहान यादव भेट्न उनको निवास हात्तिवन पुगेकी थिइन् ।

भेटका क्रममा राजदूत यान्छीले मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइ र पछिल्लो राजनीतिक अवस्थाका बारेमा चासो राखेकी थिइन् ।

उनले अमेरिकी विकास परियोजन (एमसीसी) संसदबाट पारित हुने संभावनाका बारेमा समेत अध्यक्ष यादवसँग छलफल गरिन् ।

जवाफमा अध्यक्ष यादवले यथाशीघ्र मन्त्रिपरिषद् विस्तार हुने राजदूत यान्छीलाई विश्वास दिलाएका थिए ।

राजदूत यान्छीले आइतबार बिहान एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग भेटेकी थिइन्।

आइतबार नै राजदूत यान्छीले गृहमन्त्री बालकृष्ण खाँडसँग पनि छलफल गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ