जनकपुरधाम, २७ साउन । प्रदेश २ को प्रदेश लोक सेवा आयोगले अधिकृत सातौँ तहको दरखास्त स्थगन गरेको छ ।
आयोगको असार ३१ गते प्रकाशित विज्ञापन मध्ये प्रशासन सेवा, सामान्य प्रशासन समूहको अधिकृत सातौँ तहको रिक्त पदपूर्तिका लागि प्रकाशित बढुवा सूचना नं ८०÷०७७–०७८ को विज्ञापनमा दरखास्त संकलन कार्य रोकेको हो ।
सर्वोच्च अदालतबाट साउन २० मा भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको मंगलबारको निर्णयबाट बढुवा सूचनामा दरखास्त लिने समेतका सम्पूर्ण प्रक्रिया अर्को आदेश नभएसम्मका लागि स्थगन भएको आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया