करेन्ट लागेर २ जनाको मृत्यु 

समाचार

धनुषा, २७ साउन । क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने बुलन यादवको घरमा भजन किर्तन गर्ने क्रममा माईकमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ मृत्यु हुनेहरुमा लक्ष्मिनिया गाउँपालिका–२ बस्ने ७० वर्षीय मणिराम यादव र सोही गाउँपालिका–१ बस्ने ६० वर्षीय बिन्दे दास रहेका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ