रैथाने एकता परिषद्ले प्रदेश प्रमुख डा.अहिराजलाई बुझायो ज्ञापन 

समाचार

जनकपुरधाम, २७ साउन । रैथाने एकता परिषद् नेपालले प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजलाई ज्ञापनपत्र बुझाएको छ ।

परिषद्का अध्यक्ष विजय थापासहितको टोलीले बुधबार प्रदेश प्रमुखको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र ग्रहण गर्ने क्रममा प्रदेश प्रमुख डा. अहिराज ले राष्ट्रिय एकता, नागरिकता र सीमा सुरक्षा सम्झौता को बिषय नरहेको बताएका थिए ।

प्रदेश प्रमुख अहिराजले रैथाने एकता सधैं कायम राखेर देशलाई मूल निवासीकै नेतृत्व र नियन्त्रणमा हुनु पर्ने कुरामा जोड दिएका हुन् ।

साथै प्रदेश प्रमुख डा.अहिराजले रैथाने  एकता परिषदलाई ठूलो आकारको नेपाली झण्डा दिएर बिदाइ गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ