अस्पताल सुधारको माग गर्दै युवा जनमत संघद्वारा ज्ञापनपत्र

समाचार

रौतहट, २७ साउन । जनमत पार्टीनिकट युवा जनमत संघले अस्पताल सुधारको माग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएको छ ।

युवा जनमत संघले बुधबार ११ बुँदे माग मागसहित ज्ञापनपत्र बुझाएका हो । जनमत पार्टीको भातृ संगठन युवा जनमत संघ रौतहटको आयोजनामा केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानू को प्रमुख सहभागितामा एवं जनमत पार्टी रौतहटको निवर्तमान जिल्ला ईन्चार्ज बिनय कुमार वर्मा, जनमत पार्टी रौतहटको जिल्ला सचिव बिकास कुमार यादव को विषेश सहभागितामा ज्ञापनपत्र बुझाइएको हो ।

जनमत पार्टीको भातृ संगठन युवा जनमत संघ जिल्ला परिचालन समिति रौतहटको जिल्ला संयोजक ज्वाला रणवीर (बिबेक)को नेतृत्वमा युवा नेताहरु अरुण यादव, फिरोज चौधरी, अजय यादव, पनालाल राय यादव, धिरज कुवर लगायत सयकडौं युवा नेता कार्यकर्ता सहित गौर नगरपालिका स्थित गुप्ता पेट्रोल पम्प नजिक पार्टी कार्यालयबाट जिल्ला अस्पतालको सुधारको माग सहित कडा नाराबाजी का साथ बृहद रैली प्रदर्शनसमेत गरिएको थियो ।

जिल्ला अस्पताल गौरमा एक महिनाको समयावधिमा जिल्ला अस्पताल सुधारको ११ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय पुगी जिल्ला प्रमुख इन्द्रदेव यादवलाई बोधार्थ ज्ञापनपत्र बुझाइ जिल्ला प्रशासन कार्यालय मार्फत नै स्वास्थ्य जनसंख्या मन्त्रालय रामशाह पथ र सामाजिक विकास मन्त्रालय प्रदेश नं २ लाई बोधार्थ ज्ञापनपत्र दिएको छ ।

रैली कोणसभामा परिणत भएको थियो । कोणसभामालाई नेताहरु ललित मल्लिक शानू, बिनय कुमार वर्मा, बिकास कुमार यादव र ज्वाला रणवीर (बिबेक) लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

युवा जनमत संघ रौतहट द्वारा अस्पताल सुधारका लागि गरिएको ११ बुँदे मागहरु –

१. उपचारमा हुने गरेको चरम लापरवाही रोकिनुपर्ने ।

२. चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको गैर जिम्मेवारीपुर्ण रवैया बन्द हुनुपर्छ ।

३. कमिसन अथवा कुनै लोभमा बाहिरका अस्पतालहरूमा रिफर गर्ने प्रवृत्ति रोकिनुपर्ने ।

४. अस्पतालको नाम वा अस्पतालको साधन स्रोतहरूको दुरुपयोग बन्द हुनुपुर्ने ।

५. कर्मचारीहरु अनिवार्य डिउटीमा अनुपस्थित हुनु पर्ने ।

६. सर्प दंस र एन्टिरेवीजको भ्याक्सिन हरु अनिवार्य उपलब्ध हुन पर्ने ।

७. बल्ड बैंक संचालन हुनु पर्ने

८. आवश्यक दरवन्दी पुरा हुनु पर्दछ ।

९.  अस्पतालको सरसफाई, चर्पीको सरसफाई र शुद्ध खानेपानीको व्यवस्थापन हुनु पर्छ ।

१०. अप्रेसन थिएटरमा विशेषज्ञ चिकित्सक सहित सेवा सुचारु हुनुपर्ने ।

११. ओ.पि.डी. तथा इमरजेन्सी वार्डमा नियमित चिकित्सकको व्यवस्थापन हुनु पर्ने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ