वीरगञ्ज, २८ साउन । भौतिक रूपमा विद्यार्थी तथा शिक्षकलाई उपस्थित गराई वीरगञ्ज महानगरपालिकामा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ ।
बुधबार सरोकारवालासँगको छलफलपछि वीरगञ्ज महानगरपालिकाले साउन ३१ गतेदेखि विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराई कक्षा ८ देखि १२ सम्मका कक्षा सञ्चालन गर्ने निर्णय गरिएको वीरगञ्ज महानगरपालिका शिक्षा शाखाका प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिए ।
भौतिक रूपमा विद्यार्थी उपस्थित गराई कक्षा सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा ०७७ बमोजिम स्वास्थ्य मापदण्ड अपनाई जनस्वास्थ्यको दृष्टिले सुरक्षित ढंगले अभिभावकको स्वीकृति लिई सञ्चालन गरिने कर्णले बताए ।
कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि वीरगञ्जलगायत पर्सा जिल्लामै सामुदायिक तथा निजी विद्यालय बन्द छन् । जिल्लाको ग्रामीण भेगका केही निजी विद्यालय भने सरकारको आदेश उल्लंघन गर्दै सञ्चालनमा आएका छन् ।
तपाईको प्रतिक्रिया