पर्सा जिल्ला प्रशासनद्वारा नियमित सेवा सुरु

समाचार

वीरगञ्ज, २८ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गरेको छ । यसअघि स्थानीय तहअनुसार आलोपालो गरेर सेवा प्रदान गर्दै आएको प्रशासनले अब नियमित रुपमा सेवा प्रवाह गरेको हो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा जिल्ला प्रशासन कार्यालय लगायत सबै सरकारी कार्यालयले अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेका थिए ।

असार ७ गतेदेखि भने प्रशासन लगायत अन्य सरकारी कार्यालयले पालिका अनुसार आलोपालो सेवा प्रवाह गर्दै आएका थिए ।

आलोपालो प्रणालीमा सेवा प्रवाह गरे पनि जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि लिने र त्रुटि सच्याउन आउनेको भीड लाग्ने गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ