प्रहरीलाई सवारीसाधन र ड्रोन हस्तान्तरण

समाचार

वीरगञ्ज, २८ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद शाहले नेपाल प्रहरीलाई सवा चार करोड रुपैयाँ बराबरका सवारीसाधन लगायतका सामाग्री हस्तान्तण गरेका छन् ।

हस्तान्तरण गरिएमा सामग्रीमा ड्रोन क्यामेरा, बारुण यन्त्र, मोबाइल पिकअप भ्यानलगायत छन् । त्यसले प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन सहयोग गर्ने मन्त्री शाहले बताए ।

यस्तै, प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री शाहले प्रदेशस्तरमा आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याउने निर्णय गरेका हुन् । उनले त्यसका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन चारवटै सुरक्षा निकायलाई अनुरोध गरे ।

आपतकालीन कार्य सञ्चालन केन्द्र खटिएका जनशक्तिका लागि आवश्यक व्यवस्थापन आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गर्नेछ ।

मन्त्रालयले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न आवश्यक व्यवस्था गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ