ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

बाँके, २९ साउन । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट ६ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका–५ तुलसीपुर बजार बस्ने २६ वर्षीय जेनिस वली र सोही ठाउँ बस्ने २३ वर्षीय बिजय चौधरी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ