जनसंख्याको अनुपातमा खोप उपलब्ध गराउनु पर्छ : मुख्यमन्त्री राउत

समाचार

जनकपुरधाम, २९ साउन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रसँग माग गरेका छन् ।

केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रस (सिसिएमसी) सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोलीसहित बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले यस्तो माग गरेका हुन् ।

भारतसँगको खुला सीमा तथा बढी जनघनत्व भएका कारण यो प्रदेश कोरोना महामारीको उच्च दोखिममा रहे पनि जनसंख्याको अनुपातमा खोप उपलब्ध हुन नसकेको मुख्यमन्त्री राउतले गुनासो गरे ।

महामारी नियन्त्रणका लागि आफूहरू उच्चतम प्रयास गर्दै पहिलो र दोस्रो लहरलाई नियन्त्रणमा लिन सफल भएको र तेस्रो चरणका लागि तयारी अवस्थामा रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ