काठमाडौं, २९ साउन । भारतले नेपालमा रेल सञ्चालन हुन नसक्ने व्यहोराको पत्रसहित चेतावनी दिएको छ । भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले जयनगर–कुर्था रेल्वे सञ्चालनमा नेपाली पक्षका कारण अनिश्चितता भएको भन्दै सम्झौता रद्द गर्ने चेतावनी दिएको हो ।
नेपाली रेल निर्माता कोंकण रेल्वले छिट्टै रेल सञ्चालन नगरे सम्झौता रद्द गर्ने व्यहोराको पत्र नेपाल रेल्वे कम्पनीलाई लेखेको हो ।
रेल्वे कम्पनीका महाप्रबन्धकबाट गुरु भट्टराईले राजीनामा दिइसकेका छन् । कोंकणले भट्टराईको राजीनामा आएपछि यस्तो चेतावनी दिएको हो ।
रेल निर्माता कम्पनी कोंकणले सन् २०१९ को सुरुमै जयनगर–कुर्थामा रेल सञ्चालनका लागि प्रस्ताव गरेको थियो ।
त्यसेबलाको सरकारले २ वटा रेल मात्रै खरिद गर्ने निर्णय गरेको थियो । कोंकणले २ वटा डेमु रेल २०२० सेप्टेम्बर १८ मा जनकपुर पठाएको थियो ।
तपाईको प्रतिक्रिया