महोत्तरी, ३० साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा रहेको राम माध्यमिक विद्यालय मटिहानीमा साइकल वितरण गरिएको छ ।
प्रदेश नं. २ सरकारको बेटी पढाऊँ बेटी बचाऊँ कार्यक्रमअन्तर्गत प्राप्त सो साइकलहरु एक समारोहबीच विद्यालयमा शनिबार मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले वितरण गरेका हुन् ।
सो अवसरमा उनले प्रदेश सरकारको छात्राहरुलाई दिइने साइकलले शिक्षाप्रति आकर्षण बढेको बताए ।
कार्यक्रममा सो विद्यालयको कक्षा आठमा अध्ययनरत १०७ (एक सय सात) जना छात्राहरुलाई साइकल वितरण गरिएको थियो ।
साईकल वितरण कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष रामबाबु नायक, वडा नं. ८ का वडा अध्यक्ष गणेश प्रसाद, माटिहानी गा.वि.स. पूर्व उपाध्यक्ष उपेन्द्र प्रसाद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य विजय कुमार साह, महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता, उमाशंकर साह ने.क.पा. माओबादी केन्द्र, बैद्यनाथ मण्डल, रा.स.मा.वि.का प्र.अ.ईश्वरी पौड्याल, लक्ष्मण उपाध्याय लगायतका सहभागिता रहेका थिए ।
तपाईको प्रतिक्रिया