मोरङ, ३० साउन । बेलबारी नगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार साँझ पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–५ घर भएका ३४ वर्षीय खेम मगर र झापा मेचीनगर नगरपालिका–३ घर भएका ३९ वर्षीय लोकबन्धु दर्नाल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई १ ग्राम ६७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा उनले उक्त लागूऔषध लोकबन्धु दर्नालबाट खरिद गरेको भन्ने खुल्नआएपछि दर्नाललाई बेलबारी नगरपालिका– ३ पशुहटियाबाट ९ ग्राम ९३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया