तिलोात्तमामा करेन्ट लागेर एक युवकको मृत्यु

समाचार

रुपन्देही, ३० साउन । तिलोत्तमा नगरपालिका–६ कुञ्जलापुर बस्ने मन बहादुर आलेको घरमा पंखा झुण्ड्याउन भित्तामा ड्रिल मेसिन प्रयोग गर्दा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

सोही नगरपालिका–१ बस्ने ३० वर्षीय खुसीराम थारुको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ