ब्राउनसुगरसहित एक जना पक्राउ

समाचार

मोरङ, ३१ साउन । बिराटनगर महानगरपालिका–१२ मङलबारेबाट करिब ४ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पाउडरको धुलो सहित एक जना पक्राउ परेका छन् ।

केराबारी गाउँपालिका डागी बस्ने २३ वर्षीय सागर तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको उनलाई प्रहरी चौकी बखरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धुलो सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ