स्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित दुई जना पक्राउ 

समाचार

रुपन्देही, ३१ साउन । लुम्बिनी साँस्कृतिक नगरपालिका–४ महुवारी कालीदहबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बिहान पक्राउ पर्नेहरुमा सोही नगरपालिका–१३ वडबलिया बस्ने २० वर्षीय बिण्णु यादव र सोही ठाउँ बस्ने १९ वर्षीय अनवर मुसलमान रहेका छन् ।

लु.४३ प २६५० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेलापारी मोटरसाइकल चालक यादव र मोटरसाइकलमा सवार मुसलमानलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ