कैलाली, ३१ साउन । लम्कीचुहा नगरपालिका–६ पिपरकोटी चोकमा सुदूरपश्चिम प्रदेश ०१–००८ प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने १८ वर्षीय गोपाल चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मालिका अस्पताल हुँदै लम्कीचुहा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया