काठमाडौंमा पनि मनाइयो भारतको ७५औं स्वतन्त्रता दिवस (फोटोफिचरसहित)

समाचार

काठमाडौं, ३१ साउन । भारतको ७५औं स्वतन्त्रता दिवस काठमाडौंस्थित भारतीय दूतावासमा मनाइएको छ । यो उत्सव ’आजादी का अमृत महोत्सव’ को रूपमा आइतबार मनाइएको हो ।

जुन प्रगतिशील भारतको ७५ वर्ष र मानव प्रयासको सबै क्षेत्रहरुमा भारतीयहरुद्वारा प्राप्त उपलब्धिहरुलाई सम्झिने भारत सरकारको एक पहलकदमी हो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राद्वारा राष्ट्रिय झण्डा फहराइ उत्सवको शुरुवात भएको हो । सो अवसरमा उनले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

राष्ट्रपतिको सन्देशमा विगत ७५ वर्षहरुमा विभिन्न क्षेत्रहरुमा भएको प्रगतिलाई प्रकाश पारिएको थियो भने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धाञ्जली दिइएको थियो जसले भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गरे ।

राजदूतले विधवाहरु र भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकहरुका आफन्तहरुलाई ने. रू. ४.४५ करोड र प्रत्येक परिवारलाई कम्बल वितरण गरी सम्मान गरेका थिए ।

समारोहमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरुद्वारा देशभक्तिपूर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

यस अवसरमा नेपालको सांस्कृतिक विरासत स्थलहरुको संरक्षणको लागी ’कला र सांस्कृतिक विरासतको लागी भारतीय राष्ट्रीय ट्रस्ट (INTACH)’ को वेबसाइट भारतिय राजदूत श्री विनय मोहन क्वात्राद्वारा उद्घाटन गरिएको थियो ।

भारत सरकारले सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त भएका नेपालका सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनर्स्थापनाका लागि ५० मिलियन अमेरिकी डलरको सहायता प्रदान गरेको छ ।

भारत सरकारको आजादी का अमृत महोत्सव स्वतन्त्र भारतको यात्रामा ऐतिहासिक कोशेढुङगा पार गरेको सम्झनामा मार्च २०२१ बाट शुरू गरिएको हो भन्ने यो महोत्सव १५ अगस्ट २०२३ सम्म जारी रहनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ