काठमाडौं, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश नं. २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा.राजेश अहिराजलाई पदमुक्त गर्दै मिश्रलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
डा.अहिराजलाई अघिल्लो सरकारले २०७७ फागुन ७ गते प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।
प्रदेश प्रमुखका लागि सिफारिस भएका मिश्र महोत्तरी जिल्लाका पिपरा गाउँपालिकाका हुन् ।
मिश्र नेपाली कांग्रेसका स्व.रामनारायण मिश्रका छोरा हुन् । उनी पनि कांग्रेसका पुराना नेता हुन् ।
तपाईको प्रतिक्रिया